Friday, December 21, 2018

स्वतन्त्र प्रेस सूचकांकमा नेपालको स्थिति खस्कियो

काठमाडौं, ५ पुस— पत्रकारहरूको विश्वव्यापी संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले जारी गरेको स्वतन्त्र प्रेस सूचकांकमा नेपालको स्थिति अघिल्लो वर्षको तुलनामा खस्किएको छ ।
बोर्डर्सले प्रेस स्वतन्त्रताको अवस्था अध्ययन गरेका १ सय ८० मुलुकमा नेपाल १०६ स्थानमा परेको छ । सन् २०१७ मा सयौं स्थानमा रहेको नेपाल ६ स्थानमुनि पुगेको हो ।
सन् २०१७ मा विश्वव्यापी स्कोर ३३.०२ ल्याएको नेपालको कुल स्कोर यसपटक ०.९७ अंकले घटेको छ । बोर्डर्सले आफ्नो प्रतिवेदनमा नेपालमा पत्रकारहरूलाई बिना पुर्जी पक्राउ गरिएको र केहीलाई थुनामा रहँदा यातनासमेत दिइएको उल्लेख गरेको छ ।
‘प्रदर्शनहरूको समाचार संकलन गर्ने क्रममा नेपाली पत्रकारहरूले खतरनाक स्थितिको सामना गरी नै रहनुपरेको छ । तराईमा भएका प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हु“दा पत्रकार र मिडियामाथि भौतिक आक्रमण भए । चुनावका बेलामा धेरै पत्रकारलाई सूचना प्रवाह गर्ने स्वतन्त्रताबाट वञ्चित गरियो । पत्रकारहरूलाई कुनै पनि पुर्जी नदिईकन पक्राउ गरियो र केहीलाई थुनामा यातना समेत दिइयो । केही पत्रकारलाई मतदान केन्द्रमा पहुँच दिइएन’ बोर्डर्सद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनमा छ– ‘यस सन्दर्भमा नयाँ सरकारले संविधानमा व्यवस्था गरिएबमोजिम प्रेसको पूर्ण स्वतन्त्रताको सम्मान गर्ने कदम चाल्नु जरूरी छ ।’

No comments:

Post a Comment