Saturday, December 1, 2018

म्यान्मारसित व्यापार र लगानीसम्बन्धी सम्झौता

काठमाडौं, १४ असार– नेपाल र म्यान्मारबीच शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेकी म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सु कीबीचको भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्तर्राष्ट्रय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन् ।
सम्झौताले दुई देशबीच खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि बाटो खोलेको छ ।  दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएको छ ।
स्रोतका अनुसार लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गर्ने र नेपालले सन् २०२० का लागि घोषणा गरेको पर्यटन वर्षमा म्यान्मारबाट पर्यटक वृद्धि गराउन म्यान्मार सरकारले सहयोग गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) लाई थप सक्रिय बनाउन दुवै पक्षले काम गर्ने विषयमा समेत छलफल भएको थियो ।


No comments:

Post a Comment