Saturday, December 22, 2018

स्रोत नखुलेको पैसासहित भारतीय र चिनियाँ पक्राउ

काठमाडौं, ६ पुस– काठमाडौं महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ तथा ४ हजार ३ सय चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडी छन् ।
महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बिहीबार राति जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार छिरिङ दोर्जेले चलाएको बा ६४प ११०९ नं. को स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र अन्दाजी डेढ किलो सुनजस्तो पहेंलो धातुको बुद्धको मूर्ति एक थान तथा स्कुटरमा सवार चिनियाँ नागरिक पञ्चाउडीले बोकेको झोलामा युआन र नेपाली रुपैयाँ फेला परेको हो । 

उनीहरूलाई थुनामा राखी घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment