Sunday, December 16, 2018

परराष्ट्रमन्त्री आज अमेरिका जाँदै

काठमाडौं, १ पुस– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अमेरिकाको भ्रमणमा जाने भएका छन् । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोको निमन्त्रणामा नेपाली टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् ।
ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच मंगलबार वासिङटन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपालमा अमेरिकी सहयोग र लगानी बढाउनेबारेमा छलफल हुने जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार अमेरिकी सहयोगका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका बारेमा समेत छलफल हुनेछ ।  ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च पदस्थ अधिकारीस“ग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र सचिव शंकरदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक मन्त्री एलाइस जी वेल्सस“ग परामर्श बैठक गर्ने छन् । परामर्श बैठकमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीहरूसमेत सहभागी हुनेछन् । ज्ञवालीसहितको नेपाली टोली शुक्रबार स्वदेश फर्कने छ ।

No comments:

Post a Comment