Thursday, December 20, 2018

डा. गिरीको शवदाह गृहमा अन्तिम संस्कार

काठमाडौं, ४ पुस– पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा बुधबार अन्त्येष्टि गरियो । डा. गिरीको अन्तिम इच्छाबमोजिम सर्वसाधारण सरह अन्त्येष्टि गरिएको थियो ।
सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा राजकीय सम्मानका साथ गिरीको अन्त्येष्टि गर्ने प्रस्ताव गरेको थियो । साधारण नागरिकका रूपमा बिदाइ हुने गिरीको अन्तिम इच्छा भएकाले राजकीय सम्मान नलिइएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।
पारिवारिक स्रोतका अनुसार पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै काजक्रिया गरिने छैन ।
पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, कांग्र्रेस केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्वमन्त्रीद्वय सुनीलबहादुर थापा, टंक ढकाललगायतका नेता र शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेर स्व. गिरीको पार्थिव शरीरमा फूलमाला चढाएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


No comments:

Post a Comment