Sunday, December 16, 2018

सुनुवाइ समितिद्वारा जबराका विषयमा उजुरी दिन आह्वान

काठमाडौं, १ पुस– संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमसेर जबराको विषयमा उजुरी दिन सार्वजनिक आह्वान गरेको छ ।
समितिको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनभित्र जबराका विषयमा उजुरी दिन सूचना प्रकाशित गरी आह्वान गरेको हो ।
संवैधानिक परिषदको बिहीबार बसेको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरी सुनुवाइका लागि संसदमा नाम पठाएको थियो । समितिले आइतबारदेखि जबरामाथि सुनुवाइको प्रक्रिया सुरु गरी उजुरी आह्वान गरेको जानकारी सभापति लक्ष्मणलाल कर्णले दिए ।
कर्णका अनुसार उजुरी दिने म्याद सकिएपछि समितिले उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्नेछ । त्यसपछि समितिले जबराको नाममा सुनुवाइ गर्ने मिति तय गर्नेछ ।
समितिले सुनुवाइका क्रममा जबराको कार्ययोजना र सदस्यहरूले राख्ने जिज्ञासाको जवाफ सुनुपछि उनको नाम अनुमोदन गर्ने÷नगर्ने निर्णय गर्नेछ । समितिले अनुमोदन गरेमा उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछिन् ।
यसअघि समितिले प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम अस्वीकृत गरेको थियो ।
जोशी अस्वीकृत भएपछि अर्का न्यायाधीश ओमप्रकाश मिश्र सुनुवाइबाट अनृुमोदन भई प्रधानन्यायाधीश भएका छन् । उनले ६५ वर्षे उमेर अवधिका कारण आगामी पुस १७ मा अनिवार्य अवकास पाउ“छन् । १९५७ डिसेम्बर १३ मा जन्मेका जबराले झन्डै चार वर्ष सन् २०२२ डिसेम्बर १३ सम्म न्यायालयको नेतृत्व गर्नेछन् ।

No comments:

Post a Comment