Thursday, December 20, 2018

जानकीलगायतका मेडिकल कलेजको सम्बन्धन खारेज गर्न केसीको माग

काठमाडौं, ४ पुस– चिकित्सा शिक्षा तथा सेवा क्षेत्रका अभियन्ता डा गोविन्द केसीले बारम्बार अवैध रूपमा भर्ना लिने तथा न्यायालयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीको चापबिनै विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने जानकीलगायतका मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्न माग गरेका छन् ।
उनले बुधबार विज्ञप्ति जारी जानकीलगायतका मेडिकल कलेजले कानुनविपरीत एमबिबिएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीहरूलाई भर्ना गरेको भन्दै आईओएम (चिकित्सा शास्त्र अध्ययन संस्थान) लगायतका नियामक निकायहरूसित त्यस्ता कलेजहरूको सम्बन्धन खारेज गर्न माग गरेका हुन् ।
उनले गैरकानुनी भर्ना प्रक्रियामा अदालतले समेत चलखेल गरेकामा चिन्ता व्यक्त गरेका छन् । ‘जानकी मेडिकल कलेजले अवैध रुपमा एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीहरु भर्ना गरेकामा तथा त्यसलाई रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेशसमेत दिइसकेको अवस्थामा सर्वोच्च अदालतबाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी अवैध भर्नालाई वैध बनाउन भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ डा केसीको विज्ञप्तिमा छ ।
डा. केसीले बारम्बार विभिन्न अदालतका फैसलाहरूका आडमा यसअघि पनि मेडिकल कलेजहरूले अवैध रूपमा विद्यार्थी भर्ना लिएका कारण मुलुकभर ठूलो संख्यामा अयोग्य विद्यार्थीहरू डाक्टरीको डिग्री र लाइसेन्स पाउने अवस्थामा रहेको उल्लेख गरेका छन् । ‘यस्तो प्रवृत्तिले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र स्वास्थ्य सेवाग्राहीहरुको ज्यान खतरामा पर्ने निश्चित छ’ विज्ञप्तिमा छ ।


No comments:

Post a Comment