Thursday, December 20, 2018

दम्पती मृत भेटिए

काठमाडौं, ४ पुस– काठमाडौंको दक्षिणकालीमा बुधबार बिहान एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोलका ५२ वर्षीय कृष्णबहादुर तामाङ र श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले दिएको छ । 
ब्रोइलर कुखुराका चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसासिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अचेत अवस्थामा फेला परेको र मनमोहन अस्पतालमा लगी उपचार सुरु गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment