Sunday, December 23, 2018

राष्ट्रसंघीय शान्ति आयोगमा नेपाल सदस्य निर्वाचित

काठमाडौं, ७ पुस– नेपाल संयुक्त राष्ट्रसंघीय पिस बिल्डिङ कमिसन (पीबीसी) को संगठन समितिको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षे कार्यकालका लागि सदस्यमा शुक्रबार राति निर्वाचित भएको हो । नेपालसहित इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिकोसमेत समितिको सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नियोगका अनुसार नेपाल एसिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रूपमा समितिको सदस्यमा निर्वाचित भएको हो । नेपालले सदस्यको कार्यभार आगामी पुस १७ देखि सम्हाल्ने छ । विश्व शान्ति स्थापनार्थ सञ्चालित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षाकर्मी पठाएर योगदान गर्ने विश्वको पाँचौं राष्ट्र नेपाल हो ।

No comments:

Post a Comment