Saturday, December 1, 2018

सैनिक भर्नामा अनियमितता, ३ अधिकृतसहित ११ बर्खास्त

नयाँ भर्ना भएका १ सय १ जनाको पनि जागिर गयो
काठमाडौं, १३ मंसिर– नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् । अन्य १६ अधिकृतसहित १६२ जना पनि दोषी ठहर भएका छन् । २०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता गरेको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकामा सैनिक अदालतले उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठरिहने गरी कारबाही गरेको हो । ४ अधिकृतसहित १४ जनाले भने सफाइ पाएका छन् ।
मापदण्डविपरीत भर्ना गरिएका १ सय १ जनासमेत बर्खास्तमा परेका छन् । अदालतले उनीहरू भविष्यमा सरकारी सेवामा अयोग्य नहुने जनाएको छ । घूस लेनदेन गरी शारीरिक तथा अन्य मापदण्ड नपुगेका उनीहरूलाई सेनाका विभिन्न पदमा भर्ना गरिएको आदालतको ठहर छ । भर्नाका क्रममा ३ करोड २२ लाख ७५  हजार रुपैया“ घूस लेनदेन भएको ठहर गरी १ सय ७३ जनाबाट उक्त रकम असुलउपर गरी राजस्व दाखिला गराउन अदालतको आदेश छ ।उपरथीको अध्यक्षतामा गठित ९ सदस्यीय जनरल समरी सैनिक अदालतले २ अधिकृतसहित ६ जनालाई बर्खास्त गरी ३५ दिनदेखि तीन वर्ष कैद सजाय र २ जनालाई बर्खास्त गरी ६ वर्ष कैद सजाय हुने फैसला गरेको छ । अदालतले १ अधिकृतसहित २ जनालाई बिगो जरिवानासहित बर्खास्त र १ जनालाई बर्खास्त मात्रै गर्ने फैसला गरेको छ । दोषी देखिएका केहीको एक वर्षदेखि ५ वर्षसम्म बढुवा रोकिएको छ भने केहीलाई सचेत मात्र गराइएको छ ।
भर्नामा अनियमितताबारे छानबिन गर्न जंगी अडडाले सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिकृतसहित १ सय ८७ जना भर्ना प्रक्रियामा दोषी देखिएको भन्दै कारबाहीका लागि ‘जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल)’ मा सिफारिस गरेको थियो ।
गत कात्तिक ६ मा उपरथीको अध्यक्षतमा गठित अदालतले मंसिर १३ देखि लागू हुने गरी बर्खास्त, कैद सजाय र जरिवाना फैसला सुनाएको नेपाली सेनाले जनाएको छ । ३७ जनालाई भर्ना हु“दा आर्थिक लेनदेनमा संलग्न भएकाले ३ वर्ष बढुवा रोक्का, पदीय दायित्व पूरा नगर्ने १६ अधिकृतसहित १७ जनालाई सचेत गराइएको र ४ अधिकृतसहित आरोपित १४ जनालाई सफाइ दिइएको समेत नेपाली सेनाले जनाएको छ । एक जनालाई घटुवा गरिएको छ ।



No comments:

Post a Comment