Friday, December 28, 2018

तिवारीका हत्याका अभियुक्त मेयरलाई सफाइ

काठमाडौं, १३ पुस– हिन्दु युवासंघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्च अदालतले शुक्रबार सफाइ दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्वरबहादुर शाहीको इजलासले उच्च अदालत जनकपुरको जन्मकैदको सजाय उल्ट्याई तिवारीलाई सफाइ दिएको हो । जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउ“दै जनकपुर उच्च अदालतले ०७४ फागुन २५ मा कुशवाहालाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो । कुशवाहा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार भई कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी तत्कालीन मन्त्री प्रभु साहका स्वकीय सचिवसमेत थिए ।

 २०६७ असार १२ मा वीरगञ्ज मसानघाट शिवपार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो । अदालतको आदेशस“गै उनी शुक्रबार नै रिहा भएका छन् ।

No comments:

Post a Comment