Wednesday, December 5, 2018

प्रधानन्यायाधीशको नाम सिफारिस भएन, भदौ २२ मा निर्णय हुने

काठमाडौं, १७ मंसिर– भावी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सोमबार बसेको संवैधानिक परिषदको बैठक एजेन्डामा प्रवेश गरे पनि निर्णय नगरी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण परिषद बैठक कुनै निर्णय गरी स्थगन भएको जानकारी स्रोतले दिए ।
देउवा आफ्नो पार्टीको केन्द्रीय समिति बैठक रहेको भन्दै परिषदबाट बाहिरिएका थिए । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न मंसिर २२ मा अर्को बैठक बोलाएको जानकारी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले दिएका छन् ।
ओलीले परिषद बैठकमा न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वाेच्च अदालतका दुई वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमसेर राणाको नाम आएको जानकारी गराएका थिए । सर्वोच्चमा तीन वर्ष काम गरेको न्यायाधीशमात्र प्रधानन्यायाधीशका लागि योग्य संवैधानिक व्यवस्था छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ मा अनिवार्य अवकास पाउ“दैछन् । प्रधानन्यायाधीशसहित संवैधानिक पदाधिकारी रिक्त हुनु एक महिनाअघि नै नया“ नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अस्वीकृत व्यक्ति हुन् । न्याय परिषदले दुई जनाको सूची संवैधानिक परिषदमा पठाउ“दा जोशीको नाममा कैफियत लेखी यसअघि सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएकोसमेत उल्लेख गरेको छ । त्यही कारण परिषदको आगामी बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गर्नु बाहेक अर्को विकल्प नरहेको स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment