Saturday, December 22, 2018

देउवाविरुद्धको अवहेलना मुद्दा खारेज

काठमाडौं, ६ पुस– प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वाेच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले शुक्रबार कांग्रेस र सभापति देउवाविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो ।
अधिवक्ता हरि मैनालीले आईजीपी नियुक्तिमा तत्कालीन सत्तारुढ दल कांग्रेसको केन्द्रीय समितिले अदालतको अवहेलना गर्ने गरी निर्णय गरेको भन्दै पार्टी र सभापति देउवालाई विपक्षी बनाई २०७३ चैत २० मा सर्वाेचमा रिट दायर गरेका थिए । सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको थियो । चन्दको नियुक्ति तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले कार्यपालिकाको क्षेत्राधिकारमा अदालतबाट हस्तक्षेप भएको निष्कर्ष निकाल्दै उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको गरेको थियो ।

No comments:

Post a Comment